काठमाडौं- एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि “इज अन वालेट” अफरको घोषणा गरेको छ।
जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउनेछन ।
यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने, र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउनेछ ।
यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन्। यसमा चार्जिङका लागि 7 kW + 3.5 kW चार्जर, एक वर्षको अटो–प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन्। थप रूपमा, ग्राहकहरूले निःशुल्क एसेसरीज ,प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्न सक्नेछन् । चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन्।
अफर सीमित समयको लागि मात्र मान्य रहेकोले इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी र सेरेसको शोरूम वा अधिकृत डिलरमा गई सुविधाहरूको लाभ लिन सक्ने बताइएको छ ।
प्रतिक्रिया