गभर्नर पौडेल र एनएफआइएका पदाधिकारीबीच बैंकिङ क्षेत्रको अवस्था र सुधारबारे छलफल

सोमबार, १२ जेठ २०८२, १६ : ३४

काठमाडौं– नेपाल वित्तीय संस्था संघ (एनएफआइए) का पदाधिकारी तथा सल्लाहकारहरूले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन्।

संघका प्रतिनिधिमण्डलले गभर्नर पौडेललाई शुभकामना दिंदै उहाँको नेतृत्वमा मुलुकको अर्थतन्त्र थप चलायमान हुने विश्वास व्यक्त गरे।

भेटघाटका क्रममा हालको बैंकिङ क्षेत्रको अवस्था, वित्तीय संस्थाहरूले भोगिरहेका समस्याहरू तथा चुनौतीहरूबारे छलफल भएको थियो।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासँग समन्वय र संवादलाई प्राथमिकता दिँदै आगामी नीति निर्माण प्रक्रियामा सरोकारवालासँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

सोमबार, १२ जेठ २०८२, १६ : ३४

प्रतिक्रिया