काठमाडौं- सान्भी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जेठ ९ गतेदेखि आजसम्म आवेदन दिनेगरी आईपीओ जारी गरेको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आईपीओ बाँडफाँड गरिसकेको छ।
कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १५ हजार ३०० कित्ता सेयर जारी गरेको हो ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया