ट्रेड टावरको आईपीओ निष्कासन

बुधबार, १४ जेठ २०८२, १० : १५

काठमाडौं- ट्रेड टावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरेको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८।६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९ कित्ता सेयर निष्कासन तथा बाँडफाँड गरिसकेको छ । आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन सकिने छ । 
 

बुधबार, १४ जेठ २०८२, १० : १५

प्रतिक्रिया