सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा टेक नन्द लिम्बु नियुक्त

बुधबार, १४ जेठ २०८२, १२ : १०

काठमाडौं- सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा (लिम्बु) नियुक्त भएका छन् । 

बैंकको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सञ्चालक मनोज कुमार आचार्यले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका थिए । सञ्चालक समितिको  बैठकले उनको राजीनामा स्वीकृत गर्दै लिम्बुलाई सञ्चालकमा नियुक्त गरेको हो । 

बुधबार, १४ जेठ २०८२, १२ : १०

प्रतिक्रिया