सिटिजन्स बैंकका ग्राहकले हिल्टन होटलमा छुट पाउने

बुधबार, १४ जेठ २०८२, १२ : ३१

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले नक्सालस्थित हिल्टन काठमाडौं होटलमा छुट पाउने भएका छन्।

बैंक र होटलबीच भएको सम्झौताअनुसार होटलले सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई आफ्नो सेवा तथा सुविधामा १० प्रतिशत छुट दिनेछ।

यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले जानकारी दिएको छ।
 

बुधबार, १४ जेठ २०८२, १२ : ३१

प्रतिक्रिया