काठमाडौं— प्रभु हेलि लिमिटेडले आफ्नो हेलिकप्टर फ्लीटमा अर्को आधुनिक हेलिकप्टर थपेको छ। कम्पनीले फ्रान्सको प्रतिष्ठित निर्माता एयरबसको एच १२५ मोडेलको हेलिकप्टर भित्र्याएको हो, जसको कल साइन ९एन–एएनटी रहेको छ।
दुर्गम तथा उचाइयुक्त भेगमा भरपर्दो सेवाका लागि यो हेलिकप्टर उत्कृष्ट मानिन्छ। कम्पनीका अध्यक्ष सुभाष अमात्यका अनुसार अत्याधुनिक प्रविधियुक्त यो हेलिकप्टरले पर्यटन, उद्धार, ढुवानी र आकस्मिक सेवाहरूलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रभु हेलिले आफ्नो सेवा स्तरीयता अभिवृद्धि गर्नका लागि रोबिन्सन मोडेलका हेलिकप्टरहरू बिस्तारै विस्थापित गर्दै एयरबस जस्ता उच्च क्षमतायुक्त मोडेलमा केन्द्रित हुने रणनीति लिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्रक्रिया पूरा गरेपछि नयाँ हेलिकप्टरलाई व्यवसायिक उडानका लागि अनुमति दिएको छ।
यसअघि एयरबस एच १२५ सञ्चालनमा ल्याएको कम्पनीले अब दुईवटा एयरबस हेलिकप्टरमार्फत सेवा दिनेछ ।
प्रतिक्रिया