काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा बुधबार भएको भेटमा आपसी सहकार्य, गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन, र आवश्यक नीतिगत सुधारबारे विस्तृत छलफल भएको हो ।
अध्यक्ष केसीले नवनियुक्त गभर्नरलाई बधाई एवं शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी सहज बनाउन कानुनी र नीतिगत सुधार आवश्यक रहेको बताए।
गभर्नर पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक सकारात्मक रहेको र नीतिगत सुधारका लागि तयार रहेको प्रतिक्रिया दिए।
भेटमा एनआरएन नेपाल डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनिलराज भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, र पूर्व युवा उपसंयोजक लोकराज शर्मा पनि सहभागी थिए।
प्रतिक्रिया