कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

शनिबार, १७ जेठ २०८२, ११ : ०५

काठमाडौं- कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथापीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमामास्टर कार्ड स्वीकारगर्ने भएको छ । 

डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथापीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ । 

यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई विस्तार गर्दै डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबारमार्फत थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिंदै आएको कुमारी बैंकले अनवरत रुपमा विद्युतीय कारोबार मार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५०एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
 

शनिबार, १७ जेठ २०८२, ११ : ०५

प्रतिक्रिया