काठमाडौं— अटोमोबाइल व्यवसायको प्रतिनिधि संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२ ८३ को बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ।
संघीय संसदमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटले अटोमोवाइल क्षेत्रका दीर्घकालीन मागलाई सम्बोधन गरेको भन्दै नाडाले बजेटलाई “अटोमोबाइल व्यवसाय मैत्री” भनेको छ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “बर्षौंदेखि अटोमोवाइल व्यवसायले उठाउँदै आएको मागलाई समेटिएको यो बजेटले उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा टेवा पुर्याउनेछ।”
नाडाले अघिल्ला अवधिमा मन्त्रालय र विभागहरूसँग नीतिगत सुझाव र सल्लाह दिँदै आएको स्मरण गराउँदै, ती सुझावलाई समावेश नगरी ल्याइएको बजेटले समेत व्यवसायमैत्री दृष्टिकोण अपनाउनु स्वागतयोग्य भएको बताएको छ।
संस्थाले आगामी मौद्रिक नीतिमा पनि यस्तै सकारात्मक भावनाको निरन्तरता रहने आशा व्यक्त गर्दै सरकारप्रति आभार प्रकट गरेको छ।
नाडाले यस धारणा विभिन्न सञ्चारमाध्यममा प्रचार–प्रसार गर्नसमेत अनुरोध गरेको छ।
प्रतिक्रिया