काठमाडौं– नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीले ह्याम्स अस्पताल र नागरिक सामुदायिक शिक्षण अस्पतालमा स्वास्थ्य सेवा लिँदा छुट पाउने भएका छन्।
बैंकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालका कार्यकारी निर्देशक भुवन चक्र जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता भएका ग्राहकहरूले गठ्ठाघरस्थित नागरिक शिक्षण अस्पताल तथा ह्याम्स अस्पतालमा प्रदान गरिने विभिन्न सेवा तथा सुविधामा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया