निफ्राको ५ अर्ब रुपैयाँ बराबरको ‘हरित ऊर्जा ऋणपत्र’ बिक्री खुला

आइतबार, १८ जेठ २०८२, १० : २०

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आव जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिनेछ। बाँकी १९ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

आइतबार, १८ जेठ २०८२, १० : २०

प्रतिक्रिया