कर्जा विस्तार र पुँजीगत खर्चबारे बैंकर्स संघ र आईएमएफबीच छलफल

आइतबार, १८ जेठ २०८२, १२ : २५

काठमाडौं – नेपाल बैंकर्स संघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच कर्जाको सुस्त विस्तारदेखि आर्थिक गतिशीलता बढाउन आवश्यक पुँजीगत खर्चसम्मका विषयमा छलफल भएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष मिशन प्रमुख डा. सरवत जहाँ नेतृत्वको टोलीले विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको छैठौं समीक्षा भ्रमणको क्रममा नेपालको आर्थिक अवस्था, वित्तीय क्षेत्रको प्रवृत्ति, नियामकीय चुनौती र सुधारका सम्भावनाबारे छलफल गरेको हो।

संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी, सल्लाहकार अशोक एस.जे.बी. राणा र सीईओ अनिल शर्मासहितको टोलीले आर्थिक सुस्तता, ब्याजदर घटेको अवस्था, उद्यममा कमी आएको आत्मविश्वास, र सरकारी खर्च प्रभावकारी बनाउने विषयमा सुझाव प्रस्तुत गरेका थिए। आईएमएफले नेपालको आर्थिक पुनरुत्थानको संकेत देखिएको र बैंकिङ क्षेत्र पुनरुत्थानमा सक्षम रहेको धारणा व्यक्त गरेको संघले जनाएको छ।

छलफलमा नेपालका लागिका आवासीय प्रतिनिधि प्रणव गुप्तासहितका अन्य अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

 

आइतबार, १८ जेठ २०८२, १२ : २५

प्रतिक्रिया