काठमाडौं- होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ई-भीओ चीनमा लन्च गरेको छ। यस बाइकलाई होन्डाले वुयाङ–होन्डासँगको सहकार्यमा विकास गरेको हो।
रेट्रो क्याफे रेसर डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा आएको ई-भीओ हालका लागि केवल चिनियाँ बजारमा उपलब्ध हुनेछ।
सो बाइक ४.१ किलोवाट ड्युअल-ब्याट्री र ६।२ किलोवाट ट्रिपल-ब्याट्री गरी दुई भेरिएन्टमा उपलब्ध छ । सानो ब्याट्रीले १२० किलोमिटर र ठूलो ब्याट्रीले १७० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। दुबैमा १५.८ किलोवाटको मोटर जडान गरिएको छ, जसको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टा छ ।
ई-भीओमा पूर्ण आल्मुनियम फ्रेम, ड्युअल-च्यानल एबीएस र ७६५ एमएम सिट हाइट रहेको छ । बाइकको अगाडि १६ इन्च र पछाडि १४ इन्चका पाङ्ग्रामा सेमी-स्लिक टायर जडान गरिएको छ।
यो विश्वकै पहिलो इलेक्ट्रिक मोटरसाइकल हो जसमा इन्टिग्रेटेड ड्यासक्याम छ। ४.१ किलोवाट मोडलमा अगाडि क्यामेरा र ६.२ किलोवाटमा अगाडि र पछाडि दुवैमा क्यामेरा जडान गरिएको छ ।
प्रतिक्रिया