फास्ट मेगावाट चार्जर जडान गर्न बीवाईडीले गर्‍यो नयाँ साझेदारी

आइतबार, १८ जेठ २०८२, १३ : १३

काठमाडौं- विश्वकै प्रतिक्षित इलेक्ट्रिक सवारी निर्माता बीवाईडीले चीनभर मेगावाट स्तरका थप ५ हजार युनिट चार्जर जडान गर्ने भएको छ। 

कम्पनीले सियाओजु चार्जिङ र सिन्डिएतु सँगको सहकार्यमार्फत यस्तो योजना सार्वजनिक गरेको हो। यससँगै बीवाईडीको कुल चार्जर संख्या १५ हजार पुग्नेछ।

यी सुपर फास्ट मेगावाट चार्जरहरू ले ५ मिनेट चार्जमा ४०० किलोमिटर रेन्ज दिने क्षमता राख्छन्, जसले इन्धन कार बराबरको चार्जिङ समय उपलब्ध गराउने लक्ष्य लिएको छ।

बीवाईडीले हालसम्म ५०० भन्दा बढी चार्जिङ स्टेशनहरू निर्माण गरिसकेको छ, जसले २०० भन्दा बढी शहर समेटेको छ। नयाँ साझेदारीपछि राजमार्ग तथा शहरी क्षेत्रमा विस्तृत र पहुँचयोग्य नेटवर्क बनाउने उद्देश्य लिएको छ।

बीवाईडीले गत मार्चमा आफ्नो हान एल र ट्याङ एल मोडेल लन्च गरेपछि मेगावाट स्तरको चार्जिङ पूर्वाधार तैनाथ गर्न थालेको हो। कम्पनीले थप चार्जिङ अपरेटरहरूसँग पनि छलफल गरिरहेको छ, जसले भविष्यको इलेक्ट्रिक मोबिलिटी अझ सहज र द्रुत बनाउने विश्वास गरिएको छ।

आइतबार, १८ जेठ २०८२, १३ : १३

प्रतिक्रिया