काठमाडौं- एमएडब्लू वृद्धिले थाइल्याण्डमा बनेको दीपल एस ०५ नेपाल ल्याउने भएको छ ।
कम्पनीले नेपाली सडकमा परीक्षण गर्नका लागि केही युनिट डेमो भेहिकल नेपाल ल्याउने तयारी गरेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार निकै आकर्षक मूल्यमा आउने कम्प्याक्ट एसयूभी फिचर लोडेड हुनेछ । बजारमा रहेका अन्य एसयूभीको तुलनामा एस–०५ मा फिचरहरूको लामो लिस्ट रहनेछ ।
पहिलो पटक चिनियाँ ब्राण्डले थाइल्याण्डमा उत्पादन गरेको विद्युतीय मोडल नेपाल आउने भएको हो । विगतदेखि नै टोयोटा, निसान, फोर्ड जस्ता ब्राण्डले थाइल्याण्डमा उत्पादन गरेको मोडलहरू नेपाल आएका थिए । विद्युतीय कार मोडल भने पहिलो पटक नेपाल आउन लागेको हो ।
प्रतिक्रिया