ग्लोब्याटको डिलर मिट सम्पन्न, नयाँ ब्याट्री सार्वजनिक

सोमबार, १९ जेठ २०८२, १३ : २५

काठमाडौं- ग्लोब्याटको ‘डिलर मिट २०८२’ सम्पन्न भएको छ । नेपालको लागि ग्लोब्याटको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङले चन्द्रागिरी हिल्स रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

डिलर मिटमा देशभरका १०० भन्दा बढी डिलर, कर्मचारी तथा अतिथिहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा कम्पनीले उत्कृष्ट डिलर तथा कर्मचारीलाई विभिन्न विधामा सम्मान समेत गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने विभिन्न १९ डिलरहरूलाई विभिन्न क्याटागोरीमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले डिलर मिटमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनका नयाँ ब्याट्री सार्वजनिक गरेको छ । 

भीआरएलए, एएफबी र क्लासिक सिरिज ब्याट्री सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

सोमबार, १९ जेठ २०८२, १३ : २५

प्रतिक्रिया