काठमाडौं– नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ नामक कार्यक्रम सम्पन्न गरेका छन् ।
शनिबार सम्पन्न कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो, जसमा उत्सुक सहभागीका साथै ग्राहक र उनीहरुका परिवार समेत सम्मिलित थिए ।
यस अवसरमा काठमाडौंको थापाथलीस्थित केई शोरुमबाट केईका तीन ईभी मोडल एक्स३ प्रो, ई–क्युट ०२ र ई–क्युट ०४ सहितको र्याली प्रारम्भ भएर गोदावरी पुगेको थियो ।
त्यसपछि सहभागीहरु मार्बल हिल्स सम्मको स्निक हाइकमा सहभागी भएका थिए । यो ड्राइभ मात्र नभएर हरित महत्व, प्रकृतिको कदर र वातावरणीय जिम्मेवारीको एक उत्सव बनेको आयोजकले जनाएको छ ।
सहभागीहरुले ७० भन्दा बढी वृक्षरोपण गरेर केई ब्रान्डको हरित भविष्यप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेका छन् । यसबाट कार्बन उत्सर्जनमा कमी ल्याई स्थानीय इकोसिस्टममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया