काठमाडौं- नेपाल एसबिआई बैंकले रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४, मनौरास्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया