काठमाडौं- केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ। चर्चित ड्युक सिरिजमा आधारित नयाँ बाइक ‘ई–ड्युक’ को प्रोटोटाइप अस्ट्रियास्थित केटीएमको मुख्यालयमा सार्वजनिक रूपमा देखिएको हो।
ई–ड्युकको निर्माण केटीएम ३९० ड्युकको च्यासिसमा आधारित हुनेछ । सो बाइकमा फ्युचरिस्टिक हुनेछ साथै यसमा सबफ्रेम, आकर्षक र शार्प बडी डिजाइन, नयाँ हेडलाइट स्ट्रक्चर, मोटीजीपीबाट प्रेरित एयर स्कुप र थ्रीडी प्रिन्टेड सिट जस्ता सुविधा समावेश हुनेछ।
केटीएम ई–ड्युकमा ५.५ किलोवाट आवरको ब्याट्री प्याक हुने अपेक्षा गरिएको छ, जसले एकपटक चार्जमा १०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्नेछ । साथै, बाइकमा फास्ट चार्जिङ, इन्टिग्रेटेड चार्जिङ केबल, फराकिलो ह्यान्डलबार र ४.३ इन्चको टीएफटी डिजिटल डिस्प्ले जस्ता फिचर पनि उपलब्ध हुनेछ ।
प्रतिक्रिया