महिन्द्रा थार रोक्स ४–च्यानल डल्बी एटमस अडियोसहित आउने, डल्बी एटमस दिने पहिलो एसयुभी

मंगलबार, २० जेठ २०८२, १५ : ५०

काठमाडौं- महिन्द्राले थार रोक्सको साउन्ड सिस्टम अपग्रेड गरेको छ । यो एसयूभी ४–च्यानल डल्बी एटमस अडियो सिस्टम साथ आउने र यो प्रविधि प्रदान गर्ने विश्वको पहिलो एसयूभी बन्नेछ ।

महिन्द्राले थार रोक्सको टप स्पेक भेरिएन्ट एएक्स ७ एलमा इमर्सिभ अडियो अनुभव प्रदान गर्न डल्बी ल्याबोरेटरीजसँग सहकार्य गरेको हो । 

भारतीय बजारमा निकै रुचाइएको महिन्द्रा थार रोक्सको मूल्य १३ देखि २३ लाख भारुसम्म पर्छ ।

थार रोक्समा ९–स्पीकर हर्मन कार्डन ध्वनि प्रणाली र १०.२–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराइएको छ । महिन्द्राले आफ्नो विद्युतीय एसयुभी बीई ६ र एक्सईभी ९ ई मा समेत डल्बी एटमस उपलब्ध गराएको छ ।


 

मंगलबार, २० जेठ २०८२, १५ : ५०

प्रतिक्रिया