साउथवेष्टन स्कुल र ग्रीन सिटी अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर

मंगलबार, २० जेठ २०८२, १७ : ०२

काठमाडौं- काठमाडौंको बसुन्धरामा अवस्थित साउथवेष्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र ग्रीन सिटी अस्पतालबीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

सम्झदारीपत्रमा कलेजका क्याम्पस चिफ इन्जिनियर दीपकबहादुर धामी र अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले हस्ताक्षर गरेका छन्।

यस समझदारीअनुसार, कलेजका विद्यार्थी र कर्मचारीहरूलाई अस्पतालका सेवामा १५ प्रतिशत सम्म छुट प्रदान गरिनेछ भने अस्पतालका कर्मचारीका छोराछोरीलाई कलेजमा २० प्रतिशत सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ। 

साथै, विद्यार्थीहरूका लागि हेल्थ क्याम्प आयोजना गर्ने र इन्टर्नशिपको अवसर उपलब्ध गराउने सहमति पनि भएको छ।

आपसी सहकार्य, छात्रवृत्ति तथा अस्पतालमा उपलव्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी भएको यो सहकार्यबाट अस्पताल तथा कलेजका कर्मचारी र विद्याथीहरु लाभान्वित हुने विश्वास दुवै पक्षले लिएको छ ।
 

मंगलबार, २० जेठ २०८२, १७ : ०२

प्रतिक्रिया