काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसदमा प्रस्तुत बजेट वक्तव्यप्रति सकारात्मक धारणा व्यक्त गरेको छ।
अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रवर्द्धनमा केन्द्रित बजेटीय व्यवस्थाको स्वागत गर्दै नाइमाले यसले व्यवसायीहरूमा दीर्घकालीन योजना निर्माणको आशा जागेको बताएको छ।
नाइमाले विगतमा बारम्बार हुने कर संरचना र नीतिगत परिवर्तनले अटोमोबाइल व्यवसायमा अस्थिरता ल्याएको स्मरण गराउँदै यस वर्ष भने कर दर र नीति स्थिर राखिनुले व्यवसायमा नीतिगत स्थायित्वको अनुभूति भएको जनाएको छ।
प्रतिक्रिया