विश्वको आर्थिक वृद्धिदर २०२५ र २०२६ मा घट्ने ओईसीडीको अनुमान

बुधबार, २१ जेठ २०८२, ११ : २०

काठमाडौं- आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरिएको छ । ३.३ प्रतिशतको विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरुमा घट्दै सन् २०२५ र २०२६ मा २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको हो ।

प्रतिवेदनका अनुसार, सन् २०२५ मे महिनासम्म कायम रहेका भन्सार शुल्कका दरहरु यथावत् रहने प्राविधिक मान्यताको आधारमा यस पटकको प्रक्षेपण गरिएको हो, यद्यपि केही कानुनी विवादहरु अझै जारी छन् ।

ओईसीडीले यदि हाल देखिएका प्रवृत्तिहरुमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएको असहजता, कर्जा तथा लगानीको पहुँचमा कडाइ, उद्योग तथा उपभोक्ताको भरोसा कमजोर हुँदै जानु र नीतिगत अनिश्चितता—निरन्तरता पाएमा विश्वको आर्थिक सम्भावनामा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ । -एजेन्सी

बुधबार, २१ जेठ २०८२, ११ : २०

प्रतिक्रिया