काठमाडौं– नेपाली अटोमोबाइल बजारमा एमजीको नयाँ एसयूभी एमजी एस–५ तीव्र गतिमा लोकप्रिय बन्दै गएको छ। बिक्री सुरु भएको तीन महिनामै १ हजार ५२ युनिट एमजी एस–५ आयात भइसकेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
मार्चको पहिलो साताबाट आधिकारिक रूपमा बजारमा प्रवेश गरेको एस–५ अहिलेको समयको सर्वाधिक माग भएको मोडल बन्न पुगेको छ। मूल्यका हिसाबले प्रतिस्पर्धी ब्रान्डहरूभन्दा सस्तो पर्नुका साथै अत्याधुनिक फिचरहरूले यो मोडल उपभोक्ताको पहिलो रोजाइमा पर्न थालेको हो।
पारामाउन्ट मोटर्सद्वारा आयात तथा बिक्री गरिँदै आएको यो मोडलले परीक्षण ड्राइभ गर्ने अधिकांशलाई लोभ्याएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो मोडलप्रति ‘कर्पोरेट बायर’हरूको पनि आकर्षण उच्च देखिएको छ।
एमजी एस–५ को लोकप्रियता हेर्दा बजारमा यो मोडलले प्रतिस्पर्धीहरूलाई दबाब दिन सक्ने सम्भावना देखिन्छ।
प्रतिक्रिया