लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

विहीबार, २२ जेठ २०८२, १० : २६

काठमाडौं- लुम्बिनी विकास बैंकले १ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ।

बैंकको संस्थापक समूहको १ लाख ४ हजार ८१५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यस सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।

निवेदन पेस गर्नका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

विहीबार, २२ जेठ २०८२, १० : २६

प्रतिक्रिया