काठमाडौं– नेपालको अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ६.६ मेगा मीड इयर सेलकोे घोषणा गरेको छ । मेगा मीड इयर सेलमा ८०% सम्मको बृहत् छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ ।
यो धमाकादार सेल जेठ २३ गतेदेखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ । ६.६ मेगा मीड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६% सम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ ।
यस अन्तर्गत प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११% सम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५०% सम्मको छुट र सिल्भर ब्रान्डहरू ¥होटो र न्यानो डायपर्सको. ४०% सम्मको छुटको व्यवस्था गरिएको छ ।
६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्यास सेल अभियान रहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभलिन सक्नु हुनेछ ।
दराजले यसपटकको सेललाई छुटहरूका लागि अवसरका रूपमा मात्र नभई शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरू, एड टु कार्ट एन्ड विन र बाई एन्ड विनको व्यवस्था गरेको छ । यस उपहार योजनाअन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरू प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
एड टु कार्ट एन्ड विनअन्तर्गत रु. १० हजार भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जना भाग्यशाली विजेताहरूको छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई रु. ९ हजार सम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसै गरी, बाई एन्ड विनअन्तर्गत कम्तीमा रु. ५ हजार को सामग्री खरिद गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यमानी विजेतालाई रु. ५२ हजार बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
यसरी वेस्ट प्राइस ट्याग भएका उत्पादनहरू कुनै उपभोक्ताले नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पारेमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने व्यवस्था गरेको छ । यसका साथै, दराजले अनलाइन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ ।
१४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लगइन गर्नु पर्ने हुन्छ । त्यसपश्चात् रिटर्न/रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरु गर्नुपर्दछ । फिर्ताको कारण उल्लेख गरी, रिटर्न शिपमेन्ट टाइप चयन गर्नुपर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नेछन् ।
यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ ।
प्रतिक्रिया