काठमाडौं- एथरको सस्तो र फ्यामिली स्कुटर ‘रिज्टा’ को नेपालमा बुकिङ सुरू गरिएको छ। भारतीय इलेक्ट्रिक स्कुटर रिज्टाले भारतमा भने १ लाख युनिट बिक्री पूरा गरेको छ ।
भारतीय बजारमा सन् २०२४ सालको अप्रिल महिनामा सार्वजनिक भएको रिज्टा स्कुटर मे २०२५ सम्म आइपुग्दा १ लाख युनिट बिक्री पूरा भएको हो ।
रिज्टा स्कुटरले एथरको कुल बिक्रीमा करिब ६० प्रतिशतसम्म हिस्सा ओगटेको छ । खासगरी भारतको गुजरात, महाराष्ट्र, मध्य प्रदेश, राजस्थान, ओडिशा र छत्तीसगढ जस्ता मुख्य राज्यहरूमा रिज्टाको बिक्री राम्रो रहेको रिपोर्टले देखाउँछ ।
रिज्टा स्कुटर २.९ र ३.७ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन उपलब्ध छ । जसले क्रमशः १०५ र १२७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
एथरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले रिज्टा स्कुटरको बिक्री सुरू गर्नका लागि हाल बुकिङ लिइरहेको छ ।
प्रतिक्रिया