काठमाडौं- नेपाल धितोपत्र बोर्डले सञ्चालक समितिको बैठक बोलाएको छ ।
आज साँझ ५ बजे बस्ने बोर्ड बैठकमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचनाका विषयमा छलफल हुने बताइएको छ ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वनको लागि छलफल गर्ने र आवश्यक निर्णय गर्नका लागि बैठक बोलाएको हो ।
बैठकमा केही समयदेखि रोकिएको आईपीओ अनुमति खुलाउने विषय माथि छलफल हुनेछ । साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमावलीमा भएको संशोधनलाई पनि बैठकले पारित गर्ने बताइएको छ ।
प्रतिक्रिया