कामना सेवा विकास बैंकद्वारा सरस्वती प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विहीबार, २२ जेठ २०८२, १५ : ४८

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले सरस्वती प्राथमिक विद्यालय मेचीनगर, झापाका विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको हो ।

बैंकको इट्टाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले प्रधानाध्यापक फूलमाया बुढाथोकीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक–आर्थिक रूपले पिछडिएको विद्यार्थीको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । 
 

विहीबार, २२ जेठ २०८२, १५ : ४८

प्रतिक्रिया