आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीले इला होटल एन्ड रिसोर्टमा छुट पाउने

शनिबार, २४ जेठ २०८२, १३ : १३

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले इला होटल एन्ड रिसोर्ट अन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । 

कम्पनी र इला होटल एन्ड रिसोर्टबीच सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो । छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

इला होटल एन्ड रिसोर्ट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिसोर्ट, बाग्लुङ स्थित इला कम्फर्ट र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट, पोखरा स्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालय लगायतका होटल तथा हस्पिटालिटीहरु रहेका छन् ।

शनिबार, २४ जेठ २०८२, १३ : १३

प्रतिक्रिया