काठमाडौंमा इनड्राइभको नयाँ कार्यालय उद्घाटन

शनिबार, २४ जेठ २०८२, १५ : ३२

काठमाडौं– इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालयको उद्घाटन गरेको छ। 

नयाँ कार्यालयमार्फत कम्पनीले स्थानीय चालक साझेदारहरूलाई प्रत्यक्ष सहायता, तालिम र समस्या समाधान सेवा प्रदान गर्ने जनाएको छ।

इनड्राइभका अनुसार यो कार्यालय केवल कार्यस्थान नभई चालकहरूलाई सफल बनाउन समर्पित ‘समर्थन केन्द्र’ हो।

इनड्राइभले पारदर्शी र लचिलो मूल्य प्रणालीका कारण नेपालमा लोकप्रियता बढाउँदै गएको छ । नयाँ कार्यालयको उद्घाटनपछि चालक–केन्द्रित सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने कम्पनीले अपेक्षा लिएको छ।

शनिबार, २४ जेठ २०८२, १५ : ३२

प्रतिक्रिया