काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।
कम्पनीको वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीको आठौं वार्षिक साधारणसभा आगामी असार २ गते बस्नेछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्।
प्रतिक्रिया