प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शामा छुट पाउने

आइतबार, २५ जेठ २०८२, ११ : ४९

काठमाडौं- प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । 

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथाकर्मचारीहरुले होटल यार्शामा निम्न छुटहरु पाउनेछन् :

  • होटल कोठामा १५ प्रतिशत छुट
  • खानातथापेयपदार्थमा ५ प्रतिशत छुट

यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्नेछ । 

जिरी स्वच्छ हावा, शीतलमौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जो कोहीका लागि उपयुक्त गन्तव्य हो । 
 

आइतबार, २५ जेठ २०८२, ११ : ४९

प्रतिक्रिया