हिरोका मोटरसाइकल र स्कुटरमा विशेष अफर पाइने

आइतबार, २५ जेठ २०८२, १२ : २९

काठमाडौं- हिरोको आधिकारीक बिक्रेता सिजी मोटर्सले आज आइतबारबाट ‘हिरो एक्स्चेन्ज एण्ड इभल्ब’ क्याम्पेन सुरु गरेको छ।

‘नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्’ स्लोगन सहित ल्याएको यस अफरमा मोटरसाइकल तथा स्कुटर किन्ने उपभोक्ताले अतिरिक्त फाइदा पाउनेछन् । 

यस अफरमा मोटरसाइकल एक्स्चेन्ज गर्न आएका ग्राहकले आफुसँग भएको मोटरसाइकल वा स्कुटरमा थप ७ हजार मूल्याकंन पाउने छन् ।

यसका साथै ग्राहकले मोटरसाइकल वा स्कुटरको खरिदमा नगद ७ हजार रुपैयाँ छुट पाउने छन् । त्यसको साथै, २०८१–८२ को वार्षिक कर पनि कम्पनीले नै तिरिदिने छ ।

आजदेखि सुरु भएको यो अफर असार ४ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । 

आइतबार, २५ जेठ २०८२, १२ : २९

प्रतिक्रिया