बीएमडब्लूको इलेक्ट्रिक एसयूभी ‘आइएक्स–टु’ भोलिबाट नेपालमा उपलब्ध हुने

आइतबार, २५ जेठ २०८२, १३ : ५०

काठमाडौं — बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले आफ्नो ‘आइएक्स’ सिरिजको तेस्रो इलेक्ट्रिक एसयूभी ‘आइएक्स–टु’ नेपालमा ल्याउने भएको छ। 

बीएमडब्लू आइएक्स–टु भोलि सोमबारबाट नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

आइएक्स–टुमा ६६.५ किलोवाट आवरको ब्याट्री र ४४९ किलोमिटर सम्मको रेन्ज छ। यसलाई ११ किलोवाटको एसी चार्जर र १३० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

यसमा नयाँ डिजाइन, आधुनिक इन्टेरियर र सुरक्षा फिचरहरू रहेका छन्। 

यो मोडल १ करोड ८० लाख रुपैयाँ हाराहारी मूल्यमा बिक्री हुने अनुमान गरिएको छ।

आइतबार, २५ जेठ २०८२, १३ : ५०

प्रतिक्रिया