बैंकिङ प्रणालीमा तरलता कायमै, आज २० अर्ब तान्दै राष्ट्र बैंक

आइतबार, २५ जेठ २०८२, १४ : ०९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट २० अर्ब निक्षेप तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ ।

निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको हो ।  

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन ४ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । 

बोलकबोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
 

आइतबार, २५ जेठ २०८२, १४ : ०९

प्रतिक्रिया