होण्डाले तीनदिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन गर्ने

आइतबार, २५ जेठ २०८२, १७ : ०६

काठमाडौं- नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै तीनदिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै यहि जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।

क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत लेबर चार्जमा १०%, पाट्र्समा ७%, ल्युब्रिकेन्टमा ५%, ए.सि. रिफिलमा २०% र डेन्ट–पेन्ट सेवामा १०% छुट पाउनेछन् । 

यसैगरी HDS Scan सेवा समेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।

आइतबार, २५ जेठ २०८२, १७ : ०६

प्रतिक्रिया