अकामा होटेलले बोलायो विशेष साधारणसभा, आईपीओ निष्कासन प्रस्ताव पारित गर्ने

सोमबार, २६ जेठ २०८२, १० : ३२

काठमाडौं- अकामा होटेल लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । 

कम्पनीले असार १० गते धुम्बाराहीस्थित कम्पनीको आफ्नै रिजष्टर्ड कार्यालयमा बिहान साढे ११ बजे सुरु हुने गरी सभा बोलाएको हो।

सभाले सर्वसाधारणमा सेयर (आईपीओ) जारी गर्ने, कम्पनीको जारी पूँजी मध्येको संस्थापक समूहको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै कम्पनीको जारी पूँजी वृद्धि गर्ने र सेयर संरचना परिवर्तन सहित कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियममा आवश्यक संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ।

सोमबार, २६ जेठ २०८२, १० : ३२

प्रतिक्रिया