सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत नागरिकताबाटै टिभी तथा होम अप्लायन्स किन्न सकिने

सोमबार, २६ जेठ २०८२, ११ : ४०

 

काठमाडौं– इन्स्टा फाइनान्सअन्तर्गत अब नागरिकताबाट सबै सामसुङ टिभी तथा होम अप्लाएन्स पाउन सकिने भएको छ । अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ ।

पहिले टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ ।

ग्राहकहरूले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २/२ वटा पासपोर्ट साइजको फोटो लिएर फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन् । यो सेवा २०८२ जेठ १९ गते बाट लागू भएको हो, र ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा ० प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । सेवा रु। ३० हजार वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुनेछ ।

सामसुङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो । सामसुङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिले वितरित गरिरहेका देशभर रहेका २००ं अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।

सोमबार, २६ जेठ २०८२, ११ : ४०

प्रतिक्रिया