सान्भी इनर्जीको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

सोमबार, २६ जेठ २०८२, १६ : ०५

काठमाडौं- सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । 

आज सोमबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा २१ लाख ८ हजार २३२ जना आवेदकहरुले २ करोड ५८ लाख ९० हजार ६२० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो माग भन्दा १०.७१ गुणा बढी आवेदन हो ।

जसमा ५२ हजार ७१० आवेदकको २० लाख ४३ हजार २४९ कित्ता आवेदन बदर भएका थियो । आवेदन परेको कुल आवेदनमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन सदर भएको थियो ।

सदर भएका कुल आवेदनमध्ये २ लाख ४१ हजार ५३० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने १७ लाख ८८ हजार ६४५ जनाको हात खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आवेदकले धितोपत्र बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको ‘मेरो सेयर’ र https://iporesult.cdsc.com.np मा गएर नतिजा हेर्न सक्नेछन्।

सोमबार, २६ जेठ २०८२, १६ : ०५

प्रतिक्रिया