काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव आह्वान गरेको छ ।
बैंकले सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो । बैंकले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको छ ।
राष्ट्र बैंकले बजेट पछि हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्ने गरेको छ ।
प्रतिक्रिया