काठमाडौं- हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।
यसअघि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको सेयरमा संस्थापक सेयरधनीबाट यस खरिदका लागि निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा सेयर विभागमा निवेदन दिनसक्नेछन् ।
प्रतिक्रिया