ज्योति विकास बैंकका ग्राहकले होटेल मार्कोपोलोमा छुट पाउने

मंगलबार, २७ जेठ २०८२, १२ : २७

काठमाडौं- ज्योति विकास बैंक र हात्तीसारको होटेल मार्कोपोलोबीच छुट सम्झौता भएको छ । होटलमा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 

बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गरेको छ।

हालै बैंकले ग्राहकहरुका लागि ललितपुरस्थित ‘बेक्ड एण्ड सर्भ्ड’ मा १२ प्रतिशत, काठमाडौंस्थित ‘भ्यू थी हन्ड्रेड सिक्सटी थ्री डिग्री रिसोर्ट’ र ललितपुरस्थित ‘प्याराडाइज हिल्स’ मा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीए मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

मंगलबार, २७ जेठ २०८२, १२ : २७

प्रतिक्रिया