एकै पटक ४६ हजार रुपैयाँले घट्यो ‘केटीएम २५० ड्यूक’ को मूल्य

मंगलबार, २७ जेठ २०८२, १५ : ३२

काठमाडौं– नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २५० ड्यूकको मूल्य एकै पटक ४६ हजार रुपैयाँ घटाएको छ । मूल्य घटाइएको बाइकको पावर र फिचर भने पुरानै रहने कम्पनीले बताएको छ ।

यसअघि ७ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको केटीएम २५० ड्यूकको मूल्य घटाएर ७ लाख १३ हजार ९ सय रुपैयाँ मात्र तोकिएको छ । 

नेपालभर रहेका राइडरहरुको पहुँचमा यो मोटरसाइकल पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई यसले प्रमाणित गर्ने केटीएम नेपालले बताएको छ ।

एग्रेसिभ डिजाइन, पावरफुल २५० सीसी इन्जिन र रेजर–सार्प ह्यान्डलिङका लागि लोकप्रिय मानिने केटीएम २५० ड्युकले बाइक प्रेमी युवाहरूको चाहना अनुसार फरक प्रकारको सवारी अनुभव प्रदान गर्छ । नयाँ परिमार्जित मूल्यले ‘मूल्य घटाए पनि पर्फमेन्स नघटेको’ बाइकका साथ राइडरहरुले थ्रिल अनुभव गर्न सक्ने छन् ।

नेपाली बजारमा गत चैत महिनाको सुरुमा जेन ३ केटीएम २५० ड्युक भित्रिएको थियो । केही समयका लागि यो बाइकको मूल्य ७ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको थियो र पछि केही बढाइएको थियो ।

मंगलबार, २७ जेठ २०८२, १५ : ३२

प्रतिक्रिया