नयाँ फिचरसहित अपाचे आरटीआर २०० फोर भीको नयाँ भर्सन सार्वजनिक

मंगलबार, २७ जेठ २०८२, १५ : ४९

काठमाडौं- भारतीय मोटरसाइकल निर्माता टीभीएस मोटरले अपाचे सिरिजको आरटीआर २०० फोरभीको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

नयाँ इन्जिन सेटअप दिएर केहि फिचरहरु अपडेट सहित २०२५ अपाचे आरटीआर २०० फोरभी मोटरसाइकल भारतीय बजारमा आएको हो।

तीन नयाँ कलर अप्सनमा बजारमा उपलब्ध भएको आरटीआर २०० फोरभीको मूल्य १ लाख ५३ हजार ९९० भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरिएको छ । कम्पनीले नयाँ आरटीआरमा राम्रो कन्ट्रोल र सार्प कर्नरिङका लागि फ्रन्टमा ३७ एमएमको नयाँ अपसाइड डाउन फर्क, हाइड्रोफर्म ह्यान्डलबार सेटअप, एड्जस्टेबल ब्रेक र क्लच लिभर दिएको छ ।

साथै यसमा डबल डिस्कब्रेकसँगै डबल च्यानल एबीएस, ट्युबलेस टायर, अलोय ह्वील, रियरमा मोनोसक सस्पेन्सन, स्पोर्ट, उर्बान, रेन गरि तीन राइडमोड र रियर एबीएसमा लिफ्ट अफ प्रोटेक्सन सिस्टम पनि दिइएको छ ।

मोटरसाइकलमा पुरा एलइडी लाइट सेटअप, टीभीएस स्मार्ट कनेक्ट सहितको डिजीटल कन्सोल, टर्न बाइ टर्न नेभिगेसन, भ्वाइस असिस्ट लगाएत अन्य राइडरलाई आवस्यक पर्ने डिटेल्स हेर्न सकिन्छ ।

नेकेड स्पोर्टी डिजाइनमा उपलब्ध अपाचे आरटीआर २०० फोरभीमा नयाँ ओबीडी टूबी मापदण्ड अनुसारको १९७.७५ सीसीको सिंगल सिलिन्डर, आयल कूल्ड, एफआई इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम २०.८ पीएस पावर तथा १७.२५ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्स र स्लीपर क्लच पनि पाउन सकिन्छ ।

मंगलबार, २७ जेठ २०८२, १५ : ४९

प्रतिक्रिया