आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीले मेडिटेक हस्पिटलमा छुट पाउने

बुधबार, २८ जेठ २०८२, ११ : १८

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा छुट पाउने भएका छन् ।

आइएमई लाइफमा आवद्धहरुले उपचार सेवा लिदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउनेगरी अस्पतालसँग सम्झौता भएको हो । 

कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । साथै अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

बुधबार, २८ जेठ २०८२, ११ : १८

प्रतिक्रिया