नेपाल आयो एथरको ‘रिज्टा’ स्कुटर, परीक्षणपछि सार्वजनिक गरिने

बुधबार, २८ जेठ २०८२, ११ : ४८

काठमाडौं- एथरको नयाँ इलेक्ट्रिक स्कुटर ‘रिज्टा’ नेपालमा परीक्षणका लागि भित्रिएको छ।

भारतको एथर ब्रान्डको यो स्कुटर नेपालमा वैद्य इनर्जीमार्फत ल्याइएको हो। परीक्षणका लागि एक युनिट ल्याइएको स्कुटर काठमाडौंको सडकमा गुडिरहेको छ।

कम्पनी स्रोतका अनुसार यो स्कुटर आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिनेछ। केही समय अघि एथरले रिज्टाको बुकिङ खुलेको जानकारी दिएको थियो। ‘फ्यामिली डिजाइन’ मा तयार भएको रिज्टा एथर ४५० सिरिजको तुलनामा सस्तो मूल्यमा आउने अपेक्षा गरिएको छ।

भारतमा यो स्कुटर तीन भेरियन्टमा उपलब्ध छ: रिज्टा एस, जेड २.९ किलोवाट र जेड ३.७ किलोवाट। यसको रेन्ज १०५ देखि १२५ किलोमिटरसम्म र टप स्पिड ८० किमी प्रतिघण्टा रहेको छ।

नेपालमा कुन भेरियन्ट बिक्रीमा आउने हो भन्ने अझै खुलेको छैन। स्कुटरमा ट्रयाक्सन कन्ट्रोल, हिल होल्ड, रिभर्स मोड, नेभिगेसन, डिजिटल डिस्प्ले, एलईडी लाइट, ३४ लिटरको स्टोरेजलगायत फिचरहरू दिइएका छन्।

बुधबार, २८ जेठ २०८२, ११ : ४८

प्रतिक्रिया