प्रथम अटो व्यवसायी दिवसमा रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न

बुधबार, २८ जेठ २०८२, १३ : ०९

काठमाडौं- नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय समितिले प्रथम अटो व्यवसायी दिवस २०८२ मनाएको छ । रक्तदान तथा सरसफाइ कार्यक्रम गरी संघले अटो व्यवसायी दिवस मनाएको हो । 

प्रत्येक वर्ष जेठ २६ गतेलाई ‘अटो व्यवसायी दिवस’का रूपमा मनाउने निर्णय गरिएको पनि संघले जनाएको छ । सोही अनुसार सोमबार ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालयको प्रांगणमा संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेका थिए। संघले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको यो कार्यक्रम सराहनीय अभ्यासको रूपमा गरिएको बताइएको छ।
 

बुधबार, २८ जेठ २०८२, १३ : ०९

प्रतिक्रिया