काठमाडौं— आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी युपीआई कार्ड प्रयोगकर्ताहरूलाई १५ प्रतिशतसम्म छुट दिइने भएको छ। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र आईएमई हस्पिटालिटीबीच छुटका लागि सम्झौता भएको हो।
सम्झौताअनुसार २०२५ जुन १ देखि डिसेम्बर ३१ सम्म काठमाडौंको लाजिम्पाटस्थित ‘होटेल ले हिमालय’ र ‘साके एन्ड फेंग’ तथा पोखराको ‘लेकसाइड रिट्रिट’ मा छुट सुविधा हुनेछ। छुट फुड एन्ड बेभरेज बिल र होटल रुमको शुल्कमा लागू हुनेछ।
रुम शूल्कको छुट भने पिओएस मेसिनमा गरिएको कारोबारमा मात्र मान्य हुनेछ।
एससिटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससिटी युपीआई कार्ड जारी गर्दै आएको छ।
छुट अफरमार्फत कार्डको प्रयोग बढाउने र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।
एससिटी युपीआई कार्ड नभएका ग्राहकहरूले नजिकको बैंक वा वित्तीय संस्थामा गई सजिलै कार्ड प्राप्त गरी अफरमा सहभागी हुन सक्नेछन्।
प्रतिक्रिया